Friday, April 19, 2024

-->

अन्नपूर्ण हिमालमा हराएका भारतीय आरोही ३ दिनपछि भेटिए, अवस्था गम्भीर

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। 

अन्नपूर्ण हिमालमा हराएका भारतीय आरोही ३ दिनपछि भेटिए अवस्था गम्भीर 
फाइल तस्वीर

काठमाडौँ– अन्नपूर्ण हिमाल आरोहणका क्रममा हराइरहेका भारतीय आरोही अनुराग मालु तीन दिनपछि जिवित भेटिएका छन्।

तर, उनको अवस्था गम्भीर रहेको सेभेन समिट ट्रेक्सका निर्देशक छङ्दावा शेर्पाले बताए। सोमबार क्याम्प २ को पाँच हजार ८०० मिटर नजिकबाट खोँचमा खसेपछि उनको खोजीमा छ जना शेर्पाहरू खटिएका थिए।

बिहीबार बिहान ३०० मिटर गहिरो खोँचमा फेला परेको शेर्पाले बताए। उनलाई हेलिकोप्टरमार्फत पोखरा ल्याएर मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालले उनको स्वास्थ्य अवस्था जटिल भएको जनाएको छ।


सम्बन्धित सामग्री