Saturday, April 20, 2024

-->

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

निमोनिया संक्रमण भएपछि राधादेवीलाई उपचारका लागि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
तस्वीर : शुरेस प्रधानको फेसबुक

काठमाडौँ– वांमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

९९ वर्षीय राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। निमोनिया संक्रमण भएपछि धारादेवीलाई चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा ‘सेपटीक सक’ र हृदयघातका कारण उनको निधन भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। २०७७ माघ ३० गते जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दान दिने घोषणा गरेका थिए।

सोही अनुसार उनको शव पनि किस्ट अस्पतालमा नै राखिने छ।


सम्बन्धित सामग्री