Friday, April 19, 2024

-->

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौँ– वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। न्यायाधीश गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

यसअघि कपिलवस्तु जिल्ला अदालतको न्यायाधीश रहेका गिरी गत महिनादेखि न्याय परिषद्मा सरुवा भएका थिए। उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

उनकी पत्नीले उनीविरुद्ध वैवाहिक बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। गिरीले आफूलाई कुटपिट, करणी र गर्भपतनसमेत गराएको उनले जाहेरीमा उल्लेख गरेकी छन्।

प्रहरीले जाहेरी दर्ता गरे पनि लामो समयसम्म अनुसन्धानका लागि तत्परता देखाएको थिएन। पीडित पत्नीले उनलाई पक्राउ गर्नुपर्ने माग गर्दै काठमाडौँमा आन्दोलन गर्दै आएकी थिइन्।

काठमाडौँमा पक्राउ परेका गिरीलाई थप अनुसन्धानका लागि कपिलवस्तु पठाइने एसएसपी कार्कीले जानकारी दिए।


सम्बन्धित सामग्री