Friday, April 19, 2024

-->

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँ रहेको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख आठ हजार  ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसको मूल्य बिहीबार एक लाख सात हजार ७०० थियो।

यसैबीच चाँदीको तेलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा सुनचाँदीको दैनिक मूल्य तोक्दै आएको छ।


सम्बन्धित सामग्री