Saturday, April 20, 2024

-->

जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार रुसी प्रहरीको नियन्त्रणमा

रुसी प्रहरीले जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार अमेरिकी नागरिक इभान गेर्शकोभिचलाई नियन्त्रणमा लिएको छ।

जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार रुसी प्रहरीको नियन्त्रणमा

रुसी प्रहरीले जासुसी आरोपमा भन्दै वाल स्ट्रिट जर्नलका पत्रकार अमेरिकी नागरिक इभान गेर्शकोभिचलाई पक्राउ गरेको छ।

उनलाई रुसको पूर्वी क्षेत्रको युराल पहाडनजिकै येकानेरिनबर्गबाट प्रहरीले नियन्त्रणमा लिएको रुसी मिडिया तासले उल्लेख गरेको छ। उनको पक्राउबारे प्रतिक्रिया दिँदै रुसी प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामीलाई थाहा भएअनुसार उनी रंगे हात पक्राउ परेका हुन्।”

गत साता जासुसीको आरोपमा अमेरिकाले रुसका सेर्गेइ भ्लादिमिरोभिच सेर्कासोभलाई पक्राउ गरेको र यसैको बदलामा गेर्शकोभिचलाई पक्राउ गरिएको हो भन्ने अमेरिकाको प्रश्नमा क्रेमलिनले प्रतिक्रिया नदिएको सीएनएनले जनाएको छ।

सन् १९८६ पछि जासुसीको आरोपमा रुसले पक्राउ गरेका उनी पहिलो अमेरिकी नागरिक हुन्। त्यतिबेला यस्तै आरोपमा पत्रकार निक ड्यानिलोफलाई पक्राउ गरिएको थियो। उनलाई केही साता थुनामा राखिएको थियो। पछि अमेरिकी तत्कालीन राष्ट्रपति रोनल्ड रेगन प्रशासनसँगको सम्झौतापछि उनी रिहा भएका थिए।

रिहा भएलगत्तै ती पत्रकारले भनेका थिए, “न्युयोर्कमा एफबीआईले जासुरीको आरोपमा एक सोभियत नागरिकलाई पक्राउ गरेलगत्तै रुसले मलाई पक्राउ गर्‍यो। मलाई न्युयोर्कमा पक्राउ परेका ती व्यक्तिलाई छुटाउने समाधान बनाइयो। राष्ट्रपति रेगनको निकै गहिरो र व्यक्तिगत इच्छामा मात्रै मलाई छोडिएको हो। नत्र म थप लामो समय जेल बस्न सक्थेँ।”

राष्ट्रपति रेगनका पालामा रुस सोभियत संघको सदस्य थियो। त्यति बेलादेखि नै शीत युद्धका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो।


सम्बन्धित सामग्री