Friday, April 26, 2024

-->

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

राप्रपा अध्यक्ष लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।

देश अस्थिरतातर्फ गइरहेको छ  राजेन्द्र लिङदेन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।

रामनवमीका अवसरमा बिहीबार काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिर दर्शन गर्दै उनले देशमा व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधि बढेको बताए।

देशमा तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था अध्यक्ष दिङदेनको भनाइ छ। “हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो। देशमा शान्ति, स्थायित्वका लागि सरकार स्थिर हुन जरुरी छ,” उनले भने “त्यसका लागि सबै एकजुट भएर शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ।”

आफू सरकारमा रहँदा २०८० सालबाट रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि लिङदेनले बताएका छन्। 


सम्बन्धित सामग्री