Friday, April 19, 2024

-->

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ।

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई 

काठमाडौँ– तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ।

कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार १५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ६ विकेट गुमाएर सय रन मात्र बनायो।

कोशीका कप्तान रुविना क्षेत्रीले ४१ बलमा ३५ रन बनाउँदा लकिता राजवंशीले अविजित २१ रन बनाईन्। यस्तै अप्सरी बेगमले १० तथा स्मृति कटुवालले ८ रन बनाए।

एपीएफका बिनु बुढाले २ तथा सोनु खड्का,रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १५४ रन बनाएको थियो।

एपीएफका कप्तान सीता राना मगरले ६८ बलमा ७९ रन तथा इन्दु बर्माले ४१ बलमा ५१ रनको अर्धशतकीय ईनिङस् खेले।  

कोशीका अलिसा खडियाले १ विकेट लिईन्। 


सम्बन्धित सामग्री