Friday, April 26, 2024

-->

माओवादी परित्याग गरेर जनमत प्रवेश गरे शिवचन्द्र कुसवाह

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ बाट उम्मेदवार रहेका कुसवाह जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मताअन्तरले पराजित भएका थिए।

माओवादी परित्याग गरेर जनमत प्रवेश गरे शिवचन्द्र कुसवाह

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुसवाह जनमत पार्टी प्रवेश गरेका छन्।

बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनी जनमतमा प्रवेश गरेका हुन्। पार्टीमा यथोचित स्थान नपाएपछि आफूले जनमत पार्टी रोजेको उनले बताए।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ बाट उम्मेदवार रहेका उनी जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मताअन्तरले पराजित भएका थिए।

यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। स्वतन्त्रबाटै चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले आफू जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको उनले बताएका छन्।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन्।


सम्बन्धित सामग्री