Friday, April 26, 2024

-->

एसीसी प्रिमियर कपका लागि नेपालको २१ सदस्यीय टोली घोषणा

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म काठमाडौँस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छ।

एसीसी प्रिमियर कपका लागि नेपालको २१ सदस्यीय टोली घोषणा

काठमाडौँ– नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा २१ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा युवा ब्याटर देव खनाल र विकेट किपर अर्जुन साउद पनि समेटिएका छन्।

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म काठमाडौँस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छ। नेपाल रहेको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

नेपाली टोली: 

रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी, ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल

 


सम्बन्धित सामग्री