Saturday, April 20, 2024

-->

पहाडी भूभागमा वर्षाको सम्भावना

हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ–  हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिममा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बेलुकीपख पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने महाशाखाको अनुमान छ।

यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको हुने सम्भावना छ।

हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


सम्बन्धित सामग्री