Friday, March 29, 2024

-->

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : सचेतक बर्तौला

सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसके त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको सचेतक बर्तौलाले बताएका छन्।

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ  सचेतक बर्तौला

काठमाडौँ– नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद् गतिहीन हुने बताएका छन्।

सभाको नेता भएकाले सभामुखलाई सिंगो संसद्ले विश्वास गर्नुपर्ने बर्तौलाको भनाइ छ। मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भए संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न बताए।

“सभामुख रेफ्रीको भूमिकामा हुनुहुन्छ। रेफ्रीले कतिबेर सिटी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर हुन थाल्यो भने त्यो रेफ्रीको पर्फमेन्स के हुन्छरु सिंगो खेलको अवस्था के रहन्छरु त्यसकारण जब हाउसको विषय रहन्छ। सभामुख एउटा रेफ्री हो,” उनले भने, “रेफ्रीले पनि निष्पक्षता, तटस्थताको आधारबाट भूमिका निर्वाह गर्नुपर्छ।”  

सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसके त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे।

कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद् अवरोधको जन्जालमा पर्नसक्ने उनको भनाइ छ।  


सम्बन्धित सामग्री