Thursday, March 28, 2024

-->

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख आठ हजार तोकिएको छ।

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुन आज एक लाख आठ हजार तोकिएको छ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसको मूल्य सोमबार एक लाख आठ हजार ५०० थियो।

महासंघका अनुसार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा  सुनचाँदीको दैनिक मूल्य तोक्दै आएको छ।


सम्बन्धित सामग्री