Friday, April 19, 2024

-->

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जनताको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताएका छन्।

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ  राष्ट्रपति पौडेल
तस्वीर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

जनताको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने उनको भनाइ छ। जोशीलाई आफूले जनतासँग निकटतम सम्बन्ध राख्ने र सुख दुःख बुझ्ने व्यक्तित्वका रूपमा चिनेको राष्ट्रपति पौडेलले बताए।

“जोशीको छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुन्छ,” उनले भने, “योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व। जोशी हुनुहुन्थ्यो।”

मुलुक र समाज परिवर्तनका लागि सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने राष्ट्रपति पौडेलको भनाइ छ। 


सम्बन्धित सामग्री