Wednesday, April 24, 2024

-->

नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्ययोजना अघि बढिसक्यो : मन्त्री श्रेष्ठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्ययोजना अघि बढाइएको बताएका छन्।

नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्ययोजना अघि बढिसक्यो  मन्त्री श्रेष्ठ
फाइल तस्वीर

काठमाडौँ– सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कामलाई शुरू गरिएको बताए। उनले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टीकरण दिए।

"सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो। प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो। अहिले अंग्रेजीमा छ। तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ," उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले सो कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने पनि बताए।


सम्बन्धित सामग्री