Friday, April 19, 2024

-->

अस्ट्रेलिया र न्युजिल्यान्डमा ७९ लाख ड्राइभिङ लाइसेन्सको तथ्यांक चोरी

साबइर सुरक्षा उद्योगमा दक्ष जनशक्ति अभावका कारण पछिल्ला केही महिनायता अस्ट्रेलियामा साइबर आक्रमणका घटना बढिरहेको विज्ञहरूको भनाइ छ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा ७९ लाख ड्राइभिङ लाइसेन्सको तथ्यांक चोरी

अस्ट्रेलिया र न्युजिल्यान्डमा ह्याकरले ७९ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथ्यांक चोरी भएको बताइएको छ।

गत मार्च १६ मा ठूलो संख्यामा भएको सूचना चोरीका क्रममा ७९ लाख ड्राइभिङ लाइसेन्सको तथ्यांक ह्याकरहरूले चोरेको अस्ट्रेलियाको मेलबर्नस्थित डिजिटल भुक्तानी तथा अनुदान सहयोगी फर्म ल्याटिच्युड होल्डिङ लिमिटेडले जनाएको छ।

सवारी चालक अनुमतिपत्रबाहेक आफ्ना ५३ हजार वटा पासपोर्ट नम्बर र १०० जना ग्राहकहरूको मासिक वित्तीय विवरणसम्बन्धी तथ्यांक पनि चोरी भएको अर्को कम्पनी फिनटेक अस्ट्रेलियाले पहिचान गरेको सीएनएनले जनाएको छ।

कम्पनीका अनुसार सन् २००५ यता मात्रै ६१ लाख विवरणहरू चोरी भएका छन्। तर चोरी भएका आईडीहरू पुनर्स्थापित गर्न चाहने ग्राहकहरूले क्षतिपूर्ति पाउने कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अहमद फाहोरले विज्ञतिमार्फत भनेका छन्, “कम्पनीमा भएको साइबर आक्रमणको असरलाई सुधार्ने प्रयास गरिरहेका छौँ। साथै, सुरक्षा निगरानीसमेत बढाएका छौँ।”

साबइर सुरक्षा उद्योगमा दक्ष जनशक्ति अभावका कारण पछिल्ला केही महिनायता अस्ट्रेलियामा साइबर आक्रमणका घटना बढिरहेको विज्ञहरूको भनाइ छ।

गत वर्ष मात्रै अस्ट्रेलियाका ठूला कम्पनीहरूका विवरण तथा कागजातहरू साइबर आक्रमणको जोखिममा परेपछि मात्रै यसलाई न्यून गर्न साइबर सुरक्षा र कार्यान्वयनमा सचेत हुन र भविष्यका सम्भावित जोखिम घटाउन डाटा सेयरिङमा कडा मापदण्ड लागू गर्न सरकारी अधिकारीहरूलाई दबाब परेको थियो।

ल्याटिच्युडले गत महिना आफ्नो कम्पनी भएको आक्रमणको अनुसन्धान अस्ट्रेलियाली संघीय प्रहरी र साइबर सुरक्षा केन्द्रले गरिरहेको बताएको थियो। 


सम्बन्धित सामग्री