Friday, April 26, 2024

-->

भक्तपुरमा चैत २३ देखि पर्यटन तथा व्यापार महोत्सव

सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा आयोजना हुने महोत्सवमा २०० बढी स्टल रहनेछन्। भक्तपुरको पर्यटन र व्यापार प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक दीपक थापाले बताए।

भक्तपुरमा चैत २३ देखि पर्यटन तथा व्यापार महोत्सव

काठमाडौँ– नयाँ वर्षको उपलक्ष्यमा भक्तपुरमा ‘सातौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ हुने भएको छ।

औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाईज ब्यान्डको आयोजना तथा भक्तपुर खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको हो।

मेला चैत २३ देखि ११ दिनसम्म चल्ने आयोजक समितिका संयोजक दीपक थापाले बताए। “उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौँ,” थापाले भने, “महोत्सवमा २० देखि ५० प्रतिसतसम्म छुट दिइने छ।” 

भक्तपुरको पर्यटन र व्यापार प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको थापाले बताए। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको जग्गामा आयोजना हुने महोत्सवमा २०० बढी स्टल रहनेछन्।

दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामाग्री, पर्यटकीय सामाग्री, अटोमोबाइललगायत स्टल रहने थापाले बताए। ५ लाख मानिसले महोत्सवको अवलोकन तथा सेवा लिने र १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजकले गरेका छन्। 

हरेक दिन राष्ट्रिय कलाकारको तथा ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बी–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत हुनेछन्। 


सम्बन्धित सामग्री