Saturday, April 20, 2024

-->

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ जनाको मृत्यु

आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ जनाको मृत्यु 
तस्वीर : एएफपी

अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ।

आँधीबाट दर्जनौँ मानिस घाइते भएको र चार जना बेपत्ता भएको मिसिसिपी आपत्कालीन व्यवस्थापन एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको हो। वेपत्ताको खोजी र घाइतेको उद्धार कार्य भइरहेकाले मृतकको संख्या बढ्नसक्ने त्यहाँका गभर्नर टेट रिभ्सले बताएका छन्।

उनले मौसम रिपोर्टहरू हेर्न र सतर्क रहन स्थानीयलाई आग्रहसमेत गरेका छन्। शनिबार बेलुका आएको आँधीबाट सयौँ भवन ध्वस्त भएका छन्।

राज्यको राजधानी ज्याक्सनबाट ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेस काउन्टीमा बढी क्षति पुगेको अलजजीराले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पीडितहरूलाई आपत्कालीन सहयोग उपलब्ध गराउने वाचा गरेका छन्।


सम्बन्धित सामग्री