Thursday, March 28, 2024

-->

पाकिस्तानविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

अफगानिस्तानले पहिलो टी२० आईमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।

पाकिस्तानविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौँ– अफगानिस्तानले पहिलो टी२० आईमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।

शुक्रबार क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराउँदै अफगानिस्तानले इतिहास रचेको हो। 

शारजाह क्रिकेट स्टेडियममा मुजिबउर रहमान, मोहम्मद नाबी र फजलहक फारुकीले २–२ विकेट लिएपछि अफगानिस्तानले पाकिस्तानलाई ९२ रनमा सीमित गरेको थियो।

अजमातुल्लाह ओमरजाई, नवीन उल हक र राशिद खानले १–१ विकेट लिए। पाकिस्तानका इमाद वासिमले सर्वाधिक १८ रन बनाए।

९३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै जित सुनिस्चित गर्‍यो।

अफगानिस्तानका मोहम्मद नाबी ३८ बलमा ३ चौका र १ छक्कासहित ३८ तथा नाजिबउल्लाह जद्रान २३ बलमा २ चौकासहित १७ रनमा अविजित रहे। 

पाकिस्तानका इहसानउल्लाहले २ विकेट लिए। नसिम शाह र इमाद वासिमका नाममा १–१ विकेट रह्यो। 

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो। पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाए।

सैम अयुबले १५ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए। यस्तै मोहम्मद हरिस ६, शफिक शून्य र तयाब ताहिर १६ रनमा आउट भए।

यस सिरिजमा पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमदलगायत प्रमुख खेलाडीलाई विश्राम दिएको छ।

दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ। 


सम्बन्धित सामग्री