Thursday, April 25, 2024

-->

धनुषामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

मिथिला नगरपालिका–३ हरिहरपुरमा भएको दुर्घटनामा सुनसरीका सागर चौधरी, अर्जुन चौधरी र मोरङका लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ। 

धनुषामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ– धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। 

शनिबार बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा भएको दुर्घटनामा सुनसरीका सागर चौधरी, अर्जुन चौधरी र मोरङका लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। सर्लाहीका नारायण श्रेष्ठ घाइते भएका छन्।

उनको उपचार ढल्केबर अस्पतालमा भइरहेको गौतमले बताए।


सम्बन्धित सामग्री