Friday, April 26, 2024

-->

यी हुन् बढी र कम जनसंख्या भएका ५ जिल्ला

सबैभन्दा बढी काठमाडौँको जनसंख्या २० लाख ४१ हजार ५८७ र कम मनाङको जनसंख्या ५ हजार ६५८ जना छ।

यी हुन् बढी र कम जनसंख्या भएका ५ जिल्ला 

काठमाडौँ– जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ।

सबैभन्दा बढी जनसंख्या काठमाडौँमा रहेको छ। काठमाडौँको जनसंख्या २० लाख ४१ हजार ५८७ छ।

यस्तै मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन्।

यस्तै सबैभन्दा कम मनाङमा ५ हजार ६५८ जनाको  बसोबास रहेको जनगणनामा उल्लेख छ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।


सम्बन्धित सामग्री