Saturday, April 20, 2024

-->

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख)बाट उम्मेदवार बनाएको थियो।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त
तस्वीर : शाहीको फेसबुक

काठमाडौँ– कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्।

बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। शाही यसअघि योजना आयोगको सदस्य थिए। 

एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख)बाट उम्मेदवार बनाएको थियो।

निर्वाचनमा उनी पराजित भएका थिए। शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिल गरेका छन्।

यस्तै उनी विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष, नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजनाको संयोजक पनि रहेका थिए।

आयोगमा दुईजना सदस्य पछि नियुक्त गरिने मन्त्री जिसीले जानकारी दिए।


सम्बन्धित सामग्री