Thursday, April 25, 2024

-->

प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार एक लाख सात हजार ८०० रुपैयाँ थियो। तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ।


सम्बन्धित सामग्री