Wednesday, April 24, 2024

-->

प्रतितोला दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार छापावाल सुन प्रतितोला एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतितोला दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर एक लाख सात हजार ८०० रुपैयाँ तोकिएको छ।

मंगलबार एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालमा मूल्य तोक्ने गरेको छ। 


सम्बन्धित सामग्री