Friday, April 19, 2024

-->

दैलेखमा सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपालगन्जबाट दैलेख गइरहेको ट्रक गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

दैलेखमा सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
तस्वीर : सुनिल रेग्मीको फेसबुक

काठमाडौँ– दैलेखमा मालवाहक ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

बुधबार बिहान नेपालगन्जबाट दैलेख गइरहेको ट्रक गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटनामा परेको दैलेख प्रहरीका प्रवक्ता दीपकसिंह विष्टले बताए।

ट्रकमा सवार ४ मध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र १ जना सकुशल रहेको उनले जानकारी दिए।

मृत्यु हुनेमा ३० वर्षीय कृष्ण चौधरी, २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षीय विष्णु चौधरी छन्।  


सम्बन्धित सामग्री