Saturday, April 20, 2024

-->

कस्तो छ आइतबारको मौसम?

पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कस्तो छ आइतबारको मौसम

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पहाडी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना छ।

चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।


सम्बन्धित सामग्री