Friday, March 29, 2024

-->

एमाले सचेतक बर्तौलाको प्रश्न– यो सरकार कसका लागि काम गरिरहेको छ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले किसानले समयमै मल नपाएको, मूल्यवृद्धि, भूमिहीनले जग्गा नपाएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।

एमाले सचेतक बर्तौलाको प्रश्न– यो सरकार कसका लागि काम गरिरहेको छ

काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारका कामकारबाहीप्रति प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधिसभा प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले किसानले समयमै मल नपाएको, मूल्यवृद्धि, भूमिहीनले जग्गा नपाएको भन्दै सरकारलाई प्रश्न गरेका हुन्। 

बैठकको शून्य समयमा उनले भने, “यो सरकार कसको हो? यो सरकार कसको लागि काम गरिरहेको छ?” 

सरकारले किसानलाई एक बोरा मलसमेत समयमा दिन नसकेको उनको आरोप छ। “सरकारले किसानको ढाड भाँचिने गरी मलमा मूल्यवृद्धि गरेको छ। दिँदै आएको अनुदान कटौती गरेको छ,” उनले भने, “यो अन्याय कहिलेसम्म भोग्नुपर्ने हो?”

अव्यवस्थित बसोबासी, दलित र भूमिहीनलाई तत्काल लालपुर्जा उपलब्ध गराउन बर्तौलाले सरकारसँग माग गरे।


सम्बन्धित सामग्री