Friday, March 29, 2024

-->

थ्री नेसन्स कप : भुटान र लाओसको टोली सोमबार आइपुग्ने

नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ।

थ्री नेसन्स कप  भुटान र लाओसको टोली सोमबार आइपुग्ने

काठमाडौँ– काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता लागि भुटान र लाओसको टोली सोमबार आइपुग्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै टोली सोमबार काठमाडौँ आइपुग्ने भएका हुन्।

भुटानको टोली सोमबार बिहना ७:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने एन्फाले जनाएको छ। यस्तै, लाओसको टोली भने बिहान ११:२५ बजे आइपुग्ने छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सिंगल राउन्ड रोबिनको प्रतियोगिता चैत ८ देखि १७ गतेसम्म हुँदैछ।

प्रतियोगिताको अंक तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्। पहिलो खेलमा आयोजक नेपालले लाओससँग खेल्ने छ। खेल चैत ८ गते हुने छ। चैत ११ गते भुटान र लाओस भिड्ने छन्। चैत १४ गते नेपाल र भुटान भिड्ने एन्फाले जनाएको छ।

नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ।


सम्बन्धित सामग्री