Wednesday, April 24, 2024

-->

सुनको मूल्यमा रेकर्ड, प्रतितोला एक लाख १० हजारमा कारोबार

सुनको मूल्य एकैदिन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ।

सुनको मूल्यमा रेकर्ड प्रतितोला एक लाख १० हजारमा कारोबार

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्यले रेकर्ड बनाएको छ।

सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन (शुक्रबार) एक लाख सात हजार १०० रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँ पुगेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक हजार ३१० रुपैयाँ थियो।

महासंघले सुनचाँदीको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालमा मूल्य तोक्ने गरेको छ।


 


सम्बन्धित सामग्री