Wednesday, April 24, 2024

-->

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारत ५ विकेटले विजयी

१८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारत ५ विकेटले विजयी

काठमाडौँ– अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी भएको छ।

जितसँगै भारतले तीन खेलको एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ। शुक्रबार राति मुम्बईमा १८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५.४ ओभरमा १८८ रन बनाएर अलआउट भएको थियो। उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए।

भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३/३ विकेट लिए। दोस्रो एकदिवसीय खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ।


सम्बन्धित सामग्री