Thursday, April 25, 2024

-->

गल्ती स्वीकार नगर्नेहरूसँग गठबन्धन हुन सक्दैन : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन्।

गल्ती स्वीकार नगर्नेहरूसँग गठबन्धन हुन सक्दैन  माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।

मेलम्चीमा शनिबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने बताए। उनले आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए। “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन,” उनले भने।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो। संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा अजेन्डा हो।”

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिस्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो।


सम्बन्धित सामग्री