Thursday, April 25, 2024

-->

कस्तो छ आजको मौसम?

दिउँसो पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

कस्तो छ आजको मौसम 

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

पहाडी र तराई भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 


सम्बन्धित सामग्री