Tuesday, October 03, 2023

-->

राष्ट्रिय एकता प्रवर्द्धन र संविधानको रक्षा गर्नु मेरो दायित्व : यादव

उपराष्ट्रपतिका उम्मेदवार यादवले गठबन्धनको साथ आफूलाई रहेकाले जित निश्चित रहेको दाबी गरेका छन्। उपराष्ट्रपतिका लागि मतदान जारी छ।

राष्ट्रिय एकता प्रवर्द्धन र संविधानको रक्षा गर्नु मेरो दायित्व  यादव

काठमाडौँ– उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन्।

आफू उपराष्ट्रपतिमा निर्वाचित भए संविधानको पालनालाई पहिलो प्राथमिकतामा राख्ने बताए।

“गठबन्धनको सर्वसम्मत उम्मेदवार म नै हो। सबै सदस्यले मत दिएर मलाई जिताउनु हुनेछ भन्ने पूर्ण विश्वास छ,”  शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीसँग उनले भने, “उपराष्ट्रपतिमा निर्वाचित भएँ भने राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु। इमानदारितापूर्वक जनताको पक्षमा काम गर्नेछु।”

नेपाललाई समतामूलक र समृद्ध मुलुक बनाउन आफ्नो भूमिका रहने यादवले बताए। उपराष्ट्रपतिका लागि मतदान जारी छ।

यादवसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्। 


सम्बन्धित सामग्री