Saturday, April 20, 2024

-->

च्याम्पियन्स लिग : अन्तिम आठमा सिटी र बार्यन भिड्ने, चेल्सीको प्रतिद्वन्द्वी रियल

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको 'ड्र' सार्वजनिक भएको छ।

च्याम्पियन्स लिग  अन्तिम आठमा सिटी र बार्यन भिड्ने चेल्सीको प्रतिद्वन्द्वी रियल

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस क्बल म्यान्चेस्टर सिटी र जर्मन क्लब बायर्न म्युनिख भिड्ने भएका छन्।

युरोपेली फुटबल महासंघ (यूईएफए)ले शुक्रबार सार्वजनिक गरेको अन्तिम आठको ‘ड्र’अनुसार सिटी र बायर्न भेट पक्का भएको हो।

प्रि-क्वार्टरफाइनलमा आरबी लाइपजिगलाई समग्रमा ८-१ गोल अन्तरले पराजित गर्दै सिटी क्वार्टरफाइनलमा पुगेको थियो।

यता, बायर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समग्रमा ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको थियो।

अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सी भिड्ने भएका छन्।

रियलले इंग्लिस क्लब लिभरपुललाई समग्रमा ६-२ गोल अन्तरले पराजित गर्दे क्वार्टरफाइनलमा स्थान बनाएको थियो। यता, चेल्सी जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको थियो।

अन्तिम ८ मा इटालियन क्लब एसी मिलान र नेपोली भिड्ने छन्। यस्तै, अर्को इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेनिफिका प्रतिद्वन्द्वी पाएको छ।


सम्बन्धित सामग्री