Thursday, March 28, 2024

-->

युरोपा लिगबाट बाहिरियो आर्सनल

पोर्चुगिज क्लब स्पोर्टिङसँग पेनाल्टीमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

युरोपा लिगबाट बाहिरियो आर्सनल

काठमाडौँ– आर्सनल युरोपा लिगबाट बाहिरिएको छ।

बिहीबार राति दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग पेनाल्टीमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको हो।

इमिरेट्स स्टेडियममा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीमा स्पोर्टिङका सेन्ट जस्ट, स्काइओ, इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे। यस्तै आर्सनलका ओडेगार्ड, बुकायो साका र ट्रोससार्डले गोल गरे।

यसअघि पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो। आर्सनल इंग्लिस प्रिमियर लिगमा भने शीर्षस्थानमा छ।
 


सम्बन्धित सामग्री