Friday, April 26, 2024

-->

‘ए’ डिभिजन लिग : जावलाखेलसँग थ्रीस्टार पराजित, चर्च ब्वाइज र मछिन्द्रले अंक बाँडे

‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा जावलाखेलसँग थ्रीस्टार पराजित भएको छ भने चर्च ब्वाइज र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्।

‘ए’ डिभिजन लिग  जावलाखेलसँग थ्रीस्टार पराजित चर्च ब्वाइज र मछिन्द्रले अंक बाँडे

काठमाठौँ जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा जावलाखेलले थ्रीस्टार क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो।

जावलाखेलको जितमा एन्कोटो स्यानोउस मासोआबीले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १५औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।

जितसँगै जावलाखेलले ५ खेलबाट १० अंक जोडेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको जावलाखेलले ३ खेलमा जित, १ बराबरी र १ मा पराजय बेहोरेको छ। पराजित थ्रीस्टार समान खेलबाट ५ अंकसहित छैटौँ स्थानमा छ।

चर्च ब्वाइज र मछिन्द्रको बराबरी
च्यासल मैदानमा भएको अर्को खेलमा चर्च ब्वाइज र मछिन्द्र फुटबल क्लबले अंक बाँडेका छन्। स्टार खेलाडीहरूसहित मैदान उत्रिएका दुवै टोलीले खेलमा केही अवसरहरू सिर्जना गरेका थिए। तर, दुवै टोलीले त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

गत वर्षको लिग विजेता मछिन्द्रको यो दोस्रो बराबरी हो। अंक तालिकामा रेलिगेसन जोनबाट एक स्टेपमाथि रहेको मछिन्द्रको ५ खेलबाट ४ अंक रहेको छ।

शीर्षस्थानमा रहेको चर्च ब्वाइजको भने यो नै पहिलो बराबरी हो। चर्च ब्वाइजले समान खेलबाट ४ जित र १ बराबरीसहित १३ अंक जोडेको छ।


सम्बन्धित सामग्री