Thursday, April 25, 2024

-->

लिग–२ : यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईंले टोलीमा एक परिवर्तन गरेका छन्। करण केसीको स्थानमा गुलशन झालाई मैदानमा उतार्ने भएका हुन्।

लिग–२  यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्। 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईंले टोलीमा एक परिवर्तन गरेका छन्। उनले करण केसीलाई बेन्चमा राखेका छन्। उनको स्थानमा  गुलशन झा मैदान उत्रिने छन्।

नेपालले आज यूएईलाई पराजित गर्न सके जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउने छ। पराजित भए यसै महिना नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ। नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ।

यूएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौँ स्थानमा छ।

नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

 


सम्बन्धित सामग्री