Saturday, April 20, 2024

-->

निजी खर्चमा विद्यालय भवन निर्माण

लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरका कालिका र मुक्तिनाथ दवाडीले बुबाआमाको स्मृतिमा विद्यालय भवन बनाइदिएका छन्।

निजी खर्चमा विद्यालय भवन निर्माण

लमजुङ– दूधपोखरी गाउँपालिका–२ विचौरका कालिका र मुक्तिनाथ दवाडीले निजी खर्चमा विद्यालय भवन निर्माण गरेका छन्।

आफ्ना बुबाआमाको स्मृतिमा ३० लाख रुपैयाँ लागतमा गाउँको बागीश्वरी माध्यामिक विद्यालय भवन बनाएका हुन्। २००६ सालमा भाषा पाठशालाका रूपमा स्थापना भएको सो विद्यालयले २०३४ सालमा माध्यामिक तहको स्वीकृति पाएको थियो।

हाल कक्षा १२ सम्म सञ्चालन रहेको विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन्। एक समारोहबीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।

समारोहमा प्रदेशसभा सदस्य डा. टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं सडकको स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

समाजसेवी कालिका र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिने बुबाआमाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुशी लागेको र यस किसिमको सहयोग गर्दै जाने बताए।
 


सम्बन्धित सामग्री