Friday, April 26, 2024

-->

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख छ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबार स्थिर रहेको सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार एक लाख पाँच हजार ७०० रुपैयाँ थियो। तेजाबी सुन एक लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


सम्बन्धित सामग्री