Friday, April 26, 2024

-->

बैतडीमा २ मिनेटको अन्तरमा २ भूकम्प

भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।

बैतडीमा २ मिनेटको अन्तरमा २ भूकम्प

बैतडी– बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएको छ। बेलुका ६ बजेर २५ मिनेटमा ३.२ र ६ बजेर २६ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।

दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ।


सम्बन्धित सामग्री