Thursday, April 18, 2024

-->

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। राति पनि पहाडी भूभागको मौसम बदली हुने छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी भूभागमा हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।


सम्बन्धित सामग्री