Saturday, April 20, 2024

-->

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

चितुवाको आक्रमणमा परी रुपा गाउँपालिका–४ का २८ श्रीकृष्ण मल्ल र राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीले चितुवा नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन्।

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते 

पोखरा– पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्।

बुधबार बिहान पोखरा–१८ भकुन्डेस्थित तुलसीकुञ्ज कालिज फर्ममा चितुवा पसेर कामदारलाई आक्रमण गरेको थियो।

आक्रमणमा परी रुपा गाउँपालिका–४ का २८ श्रीकृष्ण मल्ल र राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।

दुवैको अवस्था सामान्य छ। स्थानीय र प्रहरीले चितुवा नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन्।


सम्बन्धित सामग्री