Tuesday, March 19, 2024

-->

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, हालान्डको ५ गोल

हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने कान्छो खेलाडी र सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडीसमेत बनेका छन्।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा हालान्डको ५ गोल

काठमाडौँ– म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ।

प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा आरबी लाइप्जिगमाथि ७–० को जितसँगै सिटीले अन्तिम आठमा स्थान बनाएको हो। सिटीले समग्रमा ८–१ को फराकिलो जित दर्ता गरेको छ। 

यसअघि पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। मंगलबार राति घरेलु मैदान इतिहादमा एर्लिङ हालान्डले किर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे।

गुन्डोगान र ब्रुएनाले १/१ गोल गरे। लाइप्जिगविरुद्ध ५ गोल गरेका हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

यसअघि लियोनेल मेसी र लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरेका थिए।

यस्तै २२ वर्षिय हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र सिटीबाट एकै सिजन ३९ गोल गर्ने खेलाडीसमेत बनेका छन्। 


सम्बन्धित सामग्री