Thursday, April 25, 2024

-->

लिग–२ : यूएईविरुद्ध पपुवा न्यू गिनीका ३ खेलाडीको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीका ३ खेलाडीले अर्धशतक प्रहार गरेका छन्।

लिग–२  यूएईविरुद्ध पपुवा न्यू गिनीका ३ खेलाडीको अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा पपुवा न्यू गिनीका ३ खेलाडीले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीले यो समाचार तयार पार्दासम्म ३० १ ओभरमा १ विकेट गुमाएर १८१ रन बनाएको छ।

पपुवा न्यू गिनीका ओपनर हिरी हिरीले ७५ रन को अर्धशतकीय इनिङ्स खेल्दै ब्याटिङ गरिरहेका छन्। उनले ७९ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका छन्।

यस्तै, सेसे बाउले पनि अर्धशतक प्रहार गरेका छन्। उनले ५९ बलमा ७ चौकासहित ५० रन प्रहार गरेका हुन्। उनी पनि क्रिजमा छन्।

त्यसअघि किप्लिङ डोरिगाले ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ रनको अर्धशतकीय इनिङ्स खेलेर एलबील्ब्यू आउट भएका थिए।

उनको विकेट अफाज खानले १० ओभरको पहिलो बलमा लिएका थिए। उनले हिरी हिरीसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए।


सम्बन्धित सामग्री