Friday, April 19, 2024

-->

राष्ट्रपति चयनका लागि मतदान जारी, परिणाम बेलुका ७ बजेभित्र

संसद् भवनको लोत्से हलमा संघीय संसद् सदस्य र प्रदेशसभाका दुई वटा मतदान केन्द्र राखिएको छ।

राष्ट्रपति चयनका लागि मतदान जारी परिणाम बेलुका ७ बजेभित्र 

काठमाडौँ– राष्ट्रपति चयनका लागि मतदान शुरू भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान जारी छ।

संसद् भवनको लोत्से हलमा संघीय संसद् सदस्य र प्रदेशसभाका दुई वटा मतदान केन्द्र राखिएको छ। नेपालको तेस्रो राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।

दुवै उम्मेदवारले मतदान गरिसकेका छन्। निर्वाचन आयोगले बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ।

बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने गरिने जानकारी दिए।


सम्बन्धित सामग्री