Wednesday, April 24, 2024

-->

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङहित वर्षाको सम्भावना छ। हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा आंशिक बदली रही अन्य स्थानको मौसम सफा रहेको छ।

दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङहित वर्षाको सम्भावना छ। साँझपख हावाहुरीसमेत चल्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। राति देशभर सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाको अनुमान छ।


सम्बन्धित सामग्री