Thursday, April 25, 2024

-->

सरकारबारे निर्णय गर्न राप्रपाको आकस्मिक बैठक जारी

बैठकले सरकारमा बस्ने की नबस्ने निर्णय गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

सरकारबारे निर्णय गर्न राप्रपाको आकस्मिक बैठक जारी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

“परिवर्तित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बसेको हो,” उनले उकालोसँग भने, “बैठकले सरकार छाड्ने की नछाड्ने विषयमा पनि निर्णय गर्छ।” यसअघि शुक्रबार राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न राप्रपाको बैठक बसेको थियो।

बैठकले ठोस निर्णय गर्न सकेको थिएन। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने बताएका थिए। 


सम्बन्धित सामग्री