Wednesday, April 17, 2024

-->

प्रिमियर लिग : आर्सनललाई हराउँदै सिटी शीर्षस्थानमा

शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक छ।

प्रिमियर लिग  आर्सनललाई हराउँदै सिटी शीर्षस्थानमा

काठमाडौँ– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ।

बुधबार राति आर्सनललाई ३–१ गोल अन्तरले हराउँदै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो। सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालान्डले एक एक गोल गरे। आर्सनलका बुकायो साकाले एक गोल फर्काए।

आर्सनलको घरेलु मैदानमा खेलको २४औँ मिनेटमा ब्रुएनको गोलबाट सिटीले अग्रता बनाएको थियो। ४२ औँ मिनेटमा आर्सनलका साकाले बराबरी गोल गरे। ७२औँ मिनेटमा ग्रेलिसको गोलमा सिटीले अग्रता दोब्बर बनायो। ८२ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटको जित पक्का गरे।

आर्सनल पछिल्ला चार खेलमा विजयी हुन सकेको छैन। जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक छ।


सम्बन्धित सामग्री