Friday, March 29, 2024

-->

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकार तयार भएकाे छ।

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति आन्दोलन फिर्ता

काठमाडौँ– नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ। सिंहदरबारमा सरकारी टोली र संघबीच भएको वार्तामा छ बुँदे सहमति भएसँगै चिकित्सकहरू आन्दोलन फिर्ता लिएर काममा फर्कन तयार भएका हुन्।

प्रहरीबाट सहकर्मी कुटिएको भन्दै चिकित्सकहरूले आइतबार बिहानैदेखि देशभरका स्वास्थ्य संस्थाको सेवा ठप्प पारेका थिए। चिकित्सक कुटिएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्ने, घाइतेको उपचार सरकारले गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिमा गर्नुपर्ने परिमार्जनसम्बन्धमा सरकारलाई सुझाव पेश गर्ने, स्वास्थ्यकर्मीको सुरक्षालाई प्रभावकारी बनाउनेलगायत सहमति भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र संघका अध्यक्ष डा. लोचन कार्कीले सहमतिमा हस्ताक्षर गरेका छन्। 

 


सम्बन्धित सामग्री