Sunday, April 02, 2023

-->

आजको मौसम : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

आजको मौसम  प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौँ– हाल देशका केही भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भागमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभरकै मौसम सामान्यतया सफा रहने छ।

यस्तै हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 


सम्बन्धित सामग्री