Thursday, April 25, 2024

-->

प्रतिनिधिसभा सदस्य अरुण चौधरी कारागार चलान

जिल्ला अदालत कैलालीले छ महिना कैद भुक्तानका लागि प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई कारागार चलान गरेको छ।

प्रतिनिधिसभा सदस्य अरुण चौधरी कारागार चलान

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अरुण चौधरी कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीले चौधरीलाई कैद भुक्तानका लागि कारागार चलान गरेको कैलाली प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

कैलाली–२ बाट निर्वाचित चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालतमा बुझाएको थियो। डीएसपी जोशीका अनुसार ट्याक्टरमा आगो लगाएको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख १९ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो। सोही आदेशअनुसार उनी जेल चलान भएका हुन्।

कैलालीको चिसापानीस्थित गोरंगा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले २०६६ साल भदौ ३ गते ट्याक्टरमा आगजनी गरेका थिए। नागरिक उन्मुक्ति पार्टीका चौधरी मंसिर ४ को निर्वाचनमा २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। 


सम्बन्धित सामग्री